चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा इलाका प्रहरी कार्यलय महेन्द्रनगर र मातहत रहेका चौकीले लकडाउनलाई थप कडाई गर्न थालेका छन्।

लकडाउनको उल्लङ्घन गर्दै सवारी साधन चलाउने र बिना काम पैदल हिड्ने मानिसहरुलाई प्रहरीले गोलो घेरामामा राख्दै सम्झाउन थालेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जानकारी दिएको छ।

शनिवार इलाका प्रहरी कार्यलय महेन्द्रनगर मातहत रहेका इलाका प्रहरी कार्यलय चतराले कोसि पुलमा, अस्थाइ प्रहरी चौकी नडाहाले नडाहा चौकमा, अस्थाई प्रहरी चौकी बाङ्गे र प्रकासपुर प्रहरी चौकीले प्रकासपुरमा सो अभियान चलाएका थिए ।

वराहक्षेत्रमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र प्रशाशनले गरेको कढाईलाई नटेर्ने मानिसहरुलाई गोलाकार घेरा भित्र राखी कोभिड-१९ सम्बन्धि रोगको बारेमा जानकारी समेत दिन थालिएको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जानकारी दिएको छ ।

chatra-lockdown-3 chatra-lockdown-2