धरान : मादक पदार्थ सेवन गरी झैझगडा हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-१ आरुबोट का ६० वर्षीय महेश कुमार खड्का रहेका छन् । शनिवार बेलुका पौने ९ बजे सोही स्थान का ५० वर्षीय प्रेम बहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो ।

सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सुनुवार समेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचार पश्चात् इलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।