धरान : आज बिहान पानी सहित परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रवीण माझीको चट्याङमा परी मृत्यु भएको छ ।

उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्गमा परी गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरिया का ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङको झट्का लागी घाइते भएका छन् ।

उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।