विराटनगर : प्रदेश १ मा आज ७६० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, सङ्खुवासभा र धनकुटामा २-२, र प्रदेश १ बाहिरका ५८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुष सहित २७२, सुन्दरहरैचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९, बेलबारीमा ८, लेटाङ र बुढीगंगामा ४-४, ग्रामथान र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली र धनपालथानमा २-२, रतुवामाई, कानेपोखरी, जहदा र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ५१, मेचीनगरमा २०, अर्जुनधारामा १०, भद्रपुरमा ९, कमल गाउँपालिका र स्थानीय तह नखुलेको ७-७ शिवसताक्षी, गौरादह, बुद्धशान्ति र बिर्तामोडमा ३-३, बाह्रदशीमा २, कचनकवल र झापा गाउँपालिकामा १-१ र सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जूमा ९, दुहबीमा ७, बराहक्षेत्र र हरिनगरमा ४-४, गढी, रामधुनी र देवानगञ्जमा ३-३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ३९, त्रियुगामा ३, स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ३२, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र पाथीभरा याङवरकमा १–१, तेह्रथुमको म्याङ्लुङमा २९, मेन्छयायेममा १, पाँचथरको फालेलुङमा ५, कुम्मायकमा १ , इलामको इलाम नगरपालिकामा २, सूर्योदय र चुलाचुलीमा १-१, भोजपुरमा ३, सङ्खुवासभाको खाँदबारीमा २, धनकुटाको छथर र महालक्ष्मीमा १-१ र प्रदेश १ बाहिरका ५८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३७ हजार ९८३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार २३२ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १९४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।