धरान : धरान उपमहानगरपालिकामा आइतबार साँझ ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएकाहरूमा पिसिआर परीक्षणबाट ४६ जना र एन्टिजेन टेस्टबाट ३३ जना गरी ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणको दोस्रो लहर वैशाख यता मात्रै कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८४ पुगेको छ भने यही अवधिमा धरानमा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।