भूमिहीन दलित भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराई भूमि समस्याको समाधान गर्नका लागि कठिन यस पटकको भूमि सम्बन्धी आयोगले यस पटक लगत सङ्कलनका लागि तीन वटा लगत सङ्कलन फारमको व्यवस्था गरेता पनि विभिन्न कागजी प्रमाणको अभाव र झन्झटका कारण वास्तविक भूमिहीन सुकुम्वासीहरू लगत फारम भर्नबाट बञ्चित हुँदै आएका छन् ।

भूमि तथा सुकुम्वासी समस्या समाधान आयोगले यस पटक जो आफू र आफ्ना परिवारका सदस्यका नाममा जग्गा जमिन भएर पनि बसाई-सराई विभिन्न पेसा व्यवसायका कारण सरकारी प्रति ऐलानी जग्गामा घर बनाई बसोबास गर्दै आएको परिवारलाई अव्यवस्थित बसोबासी, जो आफू र आफ्ना परिवारका नाममा कहीँ कतै जग्गा छैन ऐलानी जग्गामा घर बनाई बसोबास गर्नेहरू विपन्न दलित भूमिहीन सुकुम्वासी जो कहीँ कतै जग्गा रोकेर घर बनाई बसोबास गर्न सकेको छैन ।

आफू र आफ्ना परिवारका सदस्यका नाममा अन्यत्र कहीँ कतै जग्गा पनि छैन । घर बहाल वा अरू कसैको आश्रयमा बसोबास गर्दै आएकाहरूलाई ३ नम्बर लगत फारम भराउने व्यवस्था गरेको थियो ।

राजु श्रेष्ठ धरान-१५ घर बहालमा बस्दै आएका छन्। उनको नेपाली नागरिकताको प्रमाण पत्र पनि यही वार्डमा छ तर जग्गा नभएकोले उनले लगत फारम भर्न पाएका छैनन् । पुरुषोत्तम न्यौपाने उनकी पत्नी शुष्मा राई न्यौपाने धरान-१५ नीराजन बस्तीमा घर बहालमा बस्छन् उनको नेपाली नागरिकताको प्रमाण पत्र साबिक धरान-६ बाट छ । उनी र उनका परिवारका नाममा बाबुकै पाला देखि कहीँ पनि जग्गा नभएता पनि आफूले बसोबास गरेको कुनै आधार प्रमाण मतदाता परिचय पत्र वा पानी बक्तिको बिल नहुँदा लगत फारम भर्न नपाएको बताएका छन् ।

घर बहालमा बस्नेहरूको नाममा पानी बत्तीको बिल नहुने घर बहालमा बस्दा यताउता सरी रहनु पर्ने हुँदा निश्चित वार्डमा मतदाता परिचय पत्र पनि नहुने तर लगत सङ्कलन गर्न आएका कर्मचारीहरूले बसोबास गरेको प्रमाण खोज्ने भएकोले आफू वास्तविक सुकुम्वासी भएर पनि लगत फारम भर्न नपाएको गुनासो उनको रहेको छ । विवेक राई पनि लामो समय देखि घरान-१५ मै घर बहालमा बस्दै आएका छन् ।

उनको नेपाली नागरिक तको प्रमाण पत्र धनकुटा चुङमाङको रहेको छ । उनको परिवारका सदस्यको नाममा पनि कहीँ कतै जग्गा छैन। यहाँ पनि घर जग्गा नभएकोले बसाई सराई प्रमाण पत्र पनि यहाँ नल्याएको कारण उनले पनि भूमिहीन सुकुम्वासीको लगत फारम भर्न पाएको छैनन् ।

यी त भए प्रतिनिधि पात्रहरू यस्ता धेरै वास्तविक भूमिहीन सुकुम्बासीहरुले फारम भर्नबाट वञ्चित रहेको नेकपा माओवादीको केन्द्रका स्थानीय नेता सुवास खवासले बताएका छन्। सहर तथा सहर उन्मुख गाउँहरूमा एउटै परिवारका सदस्यहरूले धेरै ठाउँमा जग्गाहरु आफ्नै परिवारका नाममा राख्न खोज्दा कर्मचारीहरूलाई भूमिहीन सुकुम्बासीहरुलाई लगत फारम सङ्कलनमा कठिनाइ रहेको धरान-१५ का वडा अध्यक्ष नरेश कुमार इवरामको भनाई छ ।

आयोगले वास्तविक सुकुम्वासीहरूको लगत सङ्कलन नगरे त्यस्ता सुकुम्वासीहरूको लगत सङ्कलन गरेर आयोगलाई बुझाउन पहल भईरहेको धरान-१४ का कृष्ण कुमार राईले बताएका छन् ।