धरान : बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत इटहरीका इटहरीका ५८ वर्षीय पुरुष सहित तिन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इटहरी-२ का ५८ वर्षीय पुरुष, बिर्तामोड-५, झापाका ६२ वर्षीय पुरुष र विराटनगर-८, मोरङका ५६ वर्षीय पुरुष रहेका प्रतिष्ठानले जानकारी दिएको छ।

इटहरीका ५८ वर्षीय पुरुष गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि  सोही दिन अस्पताल भर्ना भएका थिए।

इटहरी ठेगाना भएका मृतकमा कुनै पनि दीर्घ रोग नरहेको तर अरू २ जनामा अन्य दीर्घ रोग समेत रहेको प्रतिष्ठानले जानकारी दिएको छ।

मृतकहरूको शवको व्यवस्थापन नियमानुसार गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।