धरान : मोरङको रंगेली नगरपालिका-९ बेदमारीमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे भारत विहार घर भई सोही स्थानमा रहेको देवी इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० वर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भीर घाइते भएका थिए ।

घाइते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।