धरान : ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ शान्थाक्रा का १३ वर्षीय फुर्वा शेर्पाको ढुङ्गाले किचिएर मृत्यु भएको छ ।

आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका-७ स्थित सव-बेस निर्माणको लागी मुवेन मिक्लाजुङ जेबी कन्स्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साइडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङ्गा ओसार्ने क्रममा माथिबाट ढुङ्गा झरी किचिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।