धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धनकुटाको छथर जोरपाटीका एक जना वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार धनकुटाको छथर जोरपाटी-४ का ७७ वर्षीय वृद्ध पुरुषको आज बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनी वैशाख १९ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । वैशाख २० गते कोरोना सङ्क्रमित भएका उनलाई कोभिड अस्पतालमा भर्ना गरी उपचाररत रहेका थिए ।

उनलाई पहिले देखिनै घुँडा दुख्ने समस्या रहेको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ ।