धरान : धरानमा सोमबार साँझ ८९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो संक्रमण अहिले सम्मकै उच्च हो ।

धरानमा यो सँगै वैशाख यता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ६७३ पुगेको छ भने यो अवधिमा धरानमा ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको छ ।

सङ्क्रमित मध्ये १७६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमित ४८९ जना रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

सङ्क्रमित मध्ये ६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ४८३ जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । धरानमा पछिल्लो पटक निषेधाज्ञाको पालना नगर्दा कोरोना संक्रमणदर उच्च हुँदै गएको बताइएको छ ।