धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा गए राति ५ मिनेटको अन्तरमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रबक्ता डा. चूडामणि पोखरेलका अनुसार गए राति ९ बजे विराटनगर-१४ का ४८ वर्षीय पुरुषको र ९ बजेर ५ मिनेटमा सुनसरीको कोशी गाउँपालिका-१ का ४३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगरका सङ्क्रमितमा दिर्घरोग दम रोगी भएको र उनको हिजो कोरोना पोजेटिभ देखिएको थियो । यता सुनसरीको कोशी गाउँपालिकाका सङ्क्रमितको पनि दिर्घरोग रहेको र उलाई वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । वैशाख १६ गते कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।