धरान : धरान-३ का कोरोना सङ्क्रमितको गए राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान-३ का ४६ वर्षीय पुरुषको गए राति १२ः४८ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पहिले देखिनै दीर्घ रोगी रहेका उनी वैशाख २० गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकोमा वैशाख २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

यो सँगै धरानमा वैशाख यता मात्रै २८ दिनको अवधिमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । मृतकको शव व्यवस्थापन काहा गर्ने भन्ने बारेमा अहिले छलफल भइरहेको प्रमुख मेहेताले बताए ।