झापा : झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले पूर्ण निषेधाज्ञाको पालना गर्न झापावासीलाई आग्रह गरेका छन् ।

भारतसँग सीमा जोडिएका विभिन्न नाकाहरूको अनुगमन तथा निरीक्षण गर्ने क्रममा झापाको दक्षिणी सिमानाका खजुरगाछी पुगेका झापा प्रहरी प्रमुख भट्टराईले झापावासीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले विभिन्न बहानामा बिना काम चोक बजार डुल्ने क्रम नरोकिएको प्रति ईंगित गर्दै यस्तो सङ्क्रमणको समयमा प्रशासनको आग्रहलाई अटेर गर्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने उल्लेख गरे ।

कपुरी न्यूजसँग कुरा गर्दै एसपी भट्टराईले विभिन्न नाका तथा विभिन्न स्थानको निरीक्षणका क्रममा आफूले केही स्थानबाहेक अन्य स्थानमा सर्बसाधारणहरु स्वयम सचेत रहेको पाईएको दाबी समेत गरेका छन् ।

झापामा निषेधाज्ञालाई अझ कडा पारिएको र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समेत समय तोकिएको भन्दै उन ले यसलाई अटेर नगर्न पनि उनको आग्रह छ।

यस्तै झापामा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न समेत प्रहरी परिचालन गरिएको एसपी भट्टराईले बताए ।