झापा : झापाको गौरादहमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार बिहान गौरादह २ का ५५ वर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

उनलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । हिजो मात्रै गौरादहमा एक जना पूर्व जनप्रतिनिधीको कोरोनाबाट मृत्यु भएको थियो र एक सातामा गौरादहमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापामा दोस्रो लहरको संक्रमण शुरु भएयता २८ जनाको मृत्यु भएको छ ।