इटहरी : कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि इटहरी उपमहानगरपालिकाले निषेधाज्ञाको अवधि बढाएको छ।

२०७८ वैशाख २९ गते बिहान १० बजे देखि २०७८ जेठ ४ गते राती १२ बजेसम्मका लागि अस्पताल र औषधी पसल बाहेकका सम्पूर्ण व्यापार व्यवसाय पसल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो। 

मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले फलफूल र दुधडेरी पसल भने बिहान १० बजेसम्म खोल्न सकिने निर्णय गरेको छ । इटहरी मात्र गत २६ गतेसम्म ५८७ जना सङ्क्रमित भैसकेको हुँदा सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा हार्दिक आग्रह गरिएको छ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गर्दै उपमहानगरले स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको छ ।