चतरा : मिठिमाया कार्कीको घरमा चामल सकिएको ५-६ दिन भएको थियो । छिमेकीको घरबाट पैँचो ल्याएर दैनिक भान्सा टार्दै थिइन । वराहक्षेत्र-२ जब्दी टोलमा विगत दस वर्षदेखि १० धुर जग्गामा कटेरो बनाएर एक्लै बसिरहेकी उनलाई मङ्गलवार दिउँसो ३ बजे वीरमाया स्मृति फाउन्डेसनले खाद्यान्नका सामग्रीहरू घरमै उपलब्ध गराए पछि उनको पैँचो माग्नु पर्ने बाध्यता केही दिन कालागि भने टरेको छ।

श्रीमान् भोजपुर रहेका र बर्षौ देखि एक्लै बस्दै आएकी उनलाई लकडाउनले प्रत्यक्ष असर पारेको छ। २/३ वटा बाख्रा पालनसँगै कृषि मजदुरको रूपमा काम गरेर खाद्यान्नको जोहो गर्दै आए पनि अहिले कुनै पनि काम नहुँदा उनलाई सकस पर्दै आएको थियो । तर वीरमाया स्मृति फाउन्डेसन उपलब्ध गराएको राहत सामग्रीले उनलाई केही दिन कालागि खाद्यान्नको जोह गर्ने सङ्कट टरेको भन्दै स्वर्गीय वीरमाया स्मृति फाउन्डेसन धन्यवाद दिइन।

मिठिमाया कार्की जस्तै एकल, असहाय, विपन्न, मजदुर परिवारलाई स्वर्गीय वीरमाया स्मृति फाउन्डेसनले केसरलाल धामीका दुई परिवार, प्रमीला धामी, प्रेम नेपाली, पार्वती श्रेष्ठ, झ्यालबुटे राई जस्ता वराहक्षेत्र नगरपालिकाको वडा नं १,२,७,र १० वडाका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले निम्त्याएको परिस्थितिले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारको दैनिकीलाई सकसपूर्ण बनाएको छ । बाहिर निस्कियो सङ्क्रमणको डर, भित्र बस्यो भोकै परिने डरले असक्त र न्यून आय भएका परिवारलाई खाद्यान्नको जोह गर्न नै कठिन परिरहेको छ।

आर्थिक रूपमा मध्यम तथा सम्पन्न परिवारको भण्डारमा अन्नपातको जोहो भए पनि दैनिक ज्यालादारी, असक्त, एकल महिलालाई खाद्यान्न जोडजाम गर्न हम्मे हम्मे नै परेको छ।

यही संवेदनशील र कठिनाइ अवस्थालाई मध्यनजर गर्दै वराहक्षेत्र-१ मा मनोज तामाङ र उपाध्यक्ष सुवास तामाङले आमाको सम्झनामा स्थापना गरेको स्वर्गीय वीरमाया स्मृति फाउन्डेसनले मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा अति विपन्न, ज्यालादारी, असक्त, एकल महिलाको परिवारलाई खाद्यान्न सामग्री राहत स्वरूप घर घरमा पुगेर वितरण गरेका छ। साथै धर्मशालामा पुगेर फलफूल समेत वितरण गरेको फाउन्डेसनले जानकारी दिएको छ।

वीरमाया स्मृति फाउन्डेसन वराहक्षेत्र १ को खहरे, आइरिस टोल, लाल वस्ति, र २ नम्बर वडाको देबिथान, जब्दी, माझी टोल, पुल्ठेगौढा,७ को बाङ्गे र १० नम्बर वडाको प्रकाशपुर क्षेत्रमा गरेर १०० अति विपन्न परिवारलाई चामल, दाल, तेल, १ र १ थान लुगा धुने, नुहाउने साबुन, चाउचाउ, मास्क एक थान मन्जन घरमै पुगेर वितरण गरेको अध्यक्ष मनोज तामाङले बताए।

सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फाउन्डेसनले इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रकाशपुर प्रहरी चौकी, अस्थायी प्रहरी चौकी बाङ्गे, इलाका प्रहरी कार्यालय चतरा, सशस्त्र प्रहरी बेस क्याप चतराका सुरक्षाकर्मी र वराहक्षेत्रमा क्रियाशील पत्रकारहरूलाई सञ्चार गृह र घर घरमा पुगेर मास्क तथा स्यानिटाइजर प्रदान गरिएको जानकारी दिएको छ।

mithi-maya-4

फाउन्डेसनले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा समेत प्रदान गरिरहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा बराहक्षेत्र नगरपालिकामा पनि सक्रमणको दर तीव्र भइरहेकाले बराहक्षेत्र नगरपालिका १ देखि ११ वडा भरी रहेमा न्यून आय भएका विपन्न , असहाय, अशक्तहरूलाई कोभिड तथा अन्य रोगी बिरामीहरूलाई एक व्यक्ति दस हजार सम्मको शुल्क बराबरको निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको अध्यक्ष मनोज योञ्जन तामाङले बताए ।

एम्बुलेन्स सेवा लिन चक्रघट्टिमा रहेको चक्रघटि जेसिज एम्बुलेन्स ९८६२३६०५५० र अन्य नगर भित्र रहेका एम्बुलेन्सबाट पनि सेवा लिन अध्यक्ष तामाङले आग्रह गरेका छन् ।

mithi-maya-2 mithi-maya-3 mithi-maya-5