विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ र मिक्लाजुङमा १, झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, बिर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८–१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बाह्रदशी, गौरादह र स्थानीय तह नखुलेका २–२, सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८–८, दुहबी र बराहक्षेत्रमा ५–५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २–२, बर्जू र देवानगञ्जमा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा १५, छथर जोरपाटीमा १ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा १३, बेलका र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका ३, इलामको इलाम, सूर्योदय, चुलाचुली र रोङमा १–१, पाँचथरको स्थानीय तह नखुलेका २, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, सङ्खुवासभाको मादी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार ८२४ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ३५९ सङ्क्रमणमुक्त भएका छन् ।

आज ५५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८८२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।