धरान : धरानमा मंगलबार साँझ थप ९३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार एन्टिजेन टेस्टबाट ४३ जना र पिसिआर परीक्षणबाट ५० जना गरी ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६६ पुगेको छ । धरानमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले सर्वसाधारणले समयमै सतर्कता अपनाएन भने धरानको अवस्था पनि भयावह हुन सक्ने स्वास्थ्य विज्ञहरूको भनाई छ ।