धरान : इटहरीमा रहेका औषधी पसलहरूमा मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमन गरेको छ ।

औषधी र औषधीजन्य बस्तुको थोक बिक्रेता बिबिता सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित एमआरपी उल्लेख नभएको ह्यान्ड स्यानिटाइजर ३९ रुपैयामा खरिद गरी ८० मा बिक्री गरी अस्वभाविक मुनाफा आर्जन गरेको समेत अनुगमन टोलीले फेला पारेको छ ।

उक्त सर्जिकल हाउसलाई अनुगमन टोलीले दुई लाख जरिवाना समेत गराएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए।

इटहरीमा रहेको होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजर लगायत अन्य औषधीहरूको खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएकोले उक्त औषधालयलाई पनि २० हजार जरिवाना गरिएको पोखरेलले बताए।

फार्मेसीको अनुगमन इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रशासन , पत्रकार, नगर प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको संयुक्त रूपमा भएको थियो।

itahari-medical-hall