धरान : धरान १ पुरानो बजारका कोरोना सङ्क्रमित वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान १ बस्ने ७० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो ।

यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मृतक वृद्ध दिर्घरोगी भएको र उनलाई वैशाख २५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

होम आइसोलेसनमै बसेका उनलाई स्वास्थ्यमा समस्या आए पछि  मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्षामा भर्ना गरिएको थियो ।

उनको इमरजेन्सी कक्षमा उपचारको क्रममा दिउसो साढे ३ बजे मृत्यु भएको थियो । मृतको शव व्यवस्थापन स्वास्थ्य मापदण्ड अपनाएर भइरहेको बताइएको छ ।