दमक : लायन्स क्लब अफ दमक ग्रिन सिटीको अध्यक्षमा लायन सुनिल शाह चयन भएका छन् । 
भर्चुअल माध्यमबाट भएको साधारण सभाबाट शाह अध्यक्षमा चयन भएका हुन् ।

यस्तै प्रथम, द्वीतीय र तृतीय उपाध्यक्षमा क्रमश: तारकेश्वर यादव, डा. गुरुप्रसाद मैनाली र राकेश शाह चयन भएका छन् । सचिवमा पेमा योञ्जन र कोषाध्यक्षमा नबनित झा चयन भएका छन् भने क्लबको क्लब मेम्बर सीप चेयरपर्सनमा प्रदीप कुमार प्याकुरेल चयन भएका छन् ।

क्लबले क्लब सर्भिस चेयरपर्सनको जिम्मेवारी डा. मनोज कुमार शाहलाई सुम्पेको छ भने क्लबको एलसिआईएफ कोअर्डिनेटरमा सुमन निरौलालाई चयन गरेको छ। 

यसै गरी क्लब मार्केटिङ र सञ्चार प्रमुखको जिम्मेवारीमा कपुरी न्यूजका झापा सहकर्मी सुदिप अधिकारीलाई चयन गरेको छ ।

क्लबले विभिन्न समयमा विभिन्न क्षेत्रमा पुगेर सामाजिक कामहरू गर्दै आएको छ । झापाको दक्षिणी क्षेत्र देखी मोरङका विभिन्न क्षेत्रका विद्यालयमा केही अघि क्लबले  बिद्यार्थीहरुलाई निःशुल्क रूपमा पाठ्य सामाग्री वितरण गरेको थियो ।

यसै गरी क्लबले समस्यामा परेकाहरूलाई निरन्तर सहयोग समेत गर्दै आएको छ । लायन्स क्लब अफ दमक ग्रिनसिटीका नवनिर्वाचित अध्यक्ष सुनिल शाहले यो कोभिडको महामारीका बिच पनि आफूहरू सुरक्षित भएर अरूलाई सहयोग पुर्याईरहेको बताएका छन् ।

उनले आफ्नो कार्यकाल भरीमा विभिन्न उदाहरणीय काम गर्ने समेत बताए ।