धरान : सङ्खुवासभाको चिचिला गाउँपालिका–३ पखुवामा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा (लुज) खस्दा कामदारको मृत्यु भएको छ ।

आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङ्गा (लुज) खस्दा शुक्ल फाँट नगरपालिका–१२ कञ्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी ल्याइएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।