धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अहिले साँझ फेरि १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार सुनसरीको गढी गाउँपालिका-६ का ७१ वर्षीय वृद्धको उपचारको क्रममा आज ४ : १५ बजे मृत्यु भएको हो ।

वैशाख २८ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिन कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । यो सँगै आज कोभिड १९ अस्पतालमा एकै दिन ३ जनाको मृत्यु भएको छ ।