धरान : धरानमा बुधवार साँझ थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्टिजेन टेस्ट ३ जनाको गरिएकोमा १ जनाको कोरोना पोजेटिभ देखिएको हो भने ४४ जनाको पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै धरानमा वैशाख यता २९ दिनको अवधिमा ८ सय ११ जनामा दोस्रो लहरको कोरोना सङ्क्रमित पुगेका छन् भने यही अवधिमा १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।