इटहरी : कोरोना सङ्क्रमणको दर बढ्दै गएको भन्दै सुन्दरहरैचा नगरपालिकाले निषेधाज्ञा कडाइ गरेको छ ।

बुधवार मेयर शिव प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले वैशाख ३० गते देखी अर्को सूचना जारी नभएसम्मको लागी कडाइ गर्ने निर्णय गरेको हो ।

गत २४ गते देखी जारी भएको निषेधाज्ञा पालना नभएको भन्दै अझ कडाइ गरिएको हो । नगरपालिका उद्योग वाणिज्य सङ्घ तथा स्थानीय प्रशासन बिचमा भएको छलफलले सो निर्णय गरेको हो ।

महामारीले भयानक रूप लिन थालेकाले सबैको सहयोगमा सङ्क्रमण नियन्त्रण गर्नुपर्ने मेयर ढकालले बताए।

कोरोनाको दोस्रो भेरीयन्टले भयंङकर स्वास्थ्य समस्या ल्याउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे ।

Sundar-haraicha-full-lockdo