झापा : झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका ३ निवासी ४५ वर्षीय जीत बहादुर खोयाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्।

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले आक्रमण गरेको थियो। जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमानै मृत्यु भएको हो।

बिहान मर्निङ वाकमा निस्किएका खोयाङलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिम तर्फको जङ्गलमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।