धरान : झापाको मेचीनगर नगरपालिका-१० टिकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

गए राति सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साइडमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१२ का ३० वर्षीय कुजैहाङ लिम्बु घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी विएन्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।