धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा धरानका १ जना सहित यो समाचार तयार पारुन्जेल तीन जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार आज बिहान ११ः४५ बजे धरान-१ निवासी ४५ वर्षीय पुरुषको प्रतिष्ठानको इमरजेन्सीमा उपचारको क्रममा मृत्यु भएको छ। उनलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै गरी इटहरी-२० का ७८ वर्षीय वृद्ध पुरुषको आज बिहान ९ः५० बजे बीपीकै इमरजेन्सीमा उपचारको क्रममा मृत्यु भएको थियो । वैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनमा दिर्घरोग रहेको बताइएको छ।

आज नै १२ः४६ मिनेटमा लाहान-१० सिराहाका ७० वर्षीय वृद्ध पुरुषको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । वैशाख २५ गते कोरोना सङ्क्रमित भएर प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनलाई पनि दिर्घरोग भएको बताइएको छ ।

यो सँगै आज यो समाचार तयार पारुन्जेल सम्ममा प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढे सँगै प्रतिष्ठानमा उपचारका लागि आउने सङ्क्रमितको मृत्युदर पनि बढेको छ ।