इटहरी : कोरोना भाइरसको महामारी तीव्र गतिमा बढ्दै गएको भन्दै बेलबारी नगरपालिकाले बैङ्क तथा वित्तीय संस्था बन्द गर्न आग्रह गरेको छ । पछिल्लो समय सङ्क्रमणको दर उच्च हुँदै गएपछि निषेधाज्ञा कडाइका साथ लागु गर्ने निर्णय भएको हो ।

बिहीबार बैङ्क तथा वित्तीय संस्थालाई पत्र पठाउँदै अर्को सूचना जारी भएसम्म बन्न गर्न अनुरोध गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले सेवा प्रवाह स्थगन गर्न आग्रह गर्दै पत्र पठाएका हुन् ।

हालसम्म बेलबारीमा मात्र १५१ सङ्क्रमित पुगेका छन् । बिहीबार आएको रिपोर्ट अनुसार ६१ जनाको पिसिआर परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यससँगै छिमेकी नगरपालिका सुन्दरहरैचाले बुधवार देखी नै कडाइ सुरु गरेको छ । औषधि पसल बाहेक कुनै पनि संस्था खोल्न नपाउने गरी सुन्दरहरैचाले निर्णय गरेको हो ।

belbari-bank-letter