धरान : धरान जेसिजले सञ्चालन गरेको सप्ताहव्यापी कोरोना सचेतना कार्यक्रम सम्पन्न बिहीबार सम्पन्न भएको छ।

जेसिजका उपाध्यक्ष तथा साप्ताहिक कार्यक्रम संयोजक इन्द्र बहादुर कार्कीका अनुसार कोरोना भाइरसको सङ्कमणबाट बढी जोखिम क्षेत्रहरूमा मास्क, सेनिटाईजर र खाद्यान्न वितरण तथा कोरोना भाइरस सँग सम्बन्धित सचेतनामूलक पर्चा समेत टाँस गरी कार्यक्रम सम्पन्न भएको हो।

जेसिजले पहिलो दिन धरान-३ स्थित पालिका बजारमा, दोस्रो दिन धरान-९ को सब्जी बजार र भानुचोकमा तेस्रो दिन धरान-१३ मा रहेको कृषि बजारमा सचेतना कार्यक्रम गरेको थियो।

त्यस्तै चौथो दिन धरान-१४ मा रहेको अस्थायी प्रहरी बिटलाई साबुन सर्जिकल मास्क स्यानिटाइजर प्रदान गरेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानलाई समेत ४ सय थान सर्जिकल मास्क स्यानिटाइजर र साबुन हस्तान्तरण गरेको जेसिजले जनाएको छ।

पाँचौँ दिन उक्त कार्यक्रम पिण्डेश्वर मन्दिरमा बसोबास गर्ने उन्नाइस जनालाई एक महिनाको लागी खाद्यान्न वितरण गरेको थियो।

छैटौँ दिन रेल्वे प्रहरीलाई मास्क सेनिटाईजर वितरण गरेको थियो भने सातौँ दिन भानुचोकमा ड्युटीमा खटेका प्रहरी र वडा प्रहरी कार्यालयलाई पाँच पिस मास्क वितरण गरी सोही दिन जेसिजले एक वर्ष अगाडि सञ्चालन गरेको पानी टङ्की पनि पुनः मर्मत सम्भार गरी सञ्चालनमा ल्याएको जेसिजले जानकारी दिएको छ।

धरान जेसिजका अध्यक्ष जेसी मणिराज अधिकारी जेसिज वर्ष २०२१ का कम्युनिटी तर्फका उपाध्यक्ष कार्की, नेपाल जेसिज वर्ष २०२१ का उपाध्यक्ष दीपेन्द्र निरौलाको समेत प्रत्येक कार्यक्रममा उपस्थिति रहेको थियो।