चतरा : जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधना अध्यामिक प्रतिष्ठानमा प्राचीन शैलीको राधाश्वेस्वर हिटी (ढुङ्गेधारा) निर्माण सम्पन्न भएको छ ।

वराहक्षेत्र-१ प्राचिन हरिद्बार चतराधाममा निर्माण भएको प्राचीन नेपाली कला शैलीको हिटी विश्व हिन्दु परिषद् धरानको सक्रियतामा निर्माण भएको हो ।

मुख्य भागमा लिच्छवि र मल्लकालीन शैलीको इँटा, डांचीँ, अप्पा प्रयोग गरेर बनेको हिटीको निर्माणको सम्पूर्ण संयोजक तथा व्यवस्थापन विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले गरेका थिए।

प्रदेश नं १ को प्रमुख धार्मिक स्थलको रूपमा रहेको चतरा धाममा काठमाडौँ उपत्यकामा प्रचलित हिटी निर्माण सँगै चतराधामको महत्त्व र सौन्दर्य थप बढेको जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधना अध्यामिक प्रतिष्ठानका व्यवस्थापक सुनिल भट्टराईले बताए ।

कलात्मक बुट्टे इँटाको प्रयोगबाट निर्माण भएको हिटीमा दाताहरूले आफ्नो पितृको सम्झनामा प्रधान गरिएको सहयोगबाट निर्माण सम्पन्न गरिएको विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले बताए।

अधिकारीका अनुसार वैशाख ३१ गते शिबपार्वतीको विवाह उत्सवको अवसरमा रुदाभिसेक यज्ञ आयोजना गरेर हिटीको उद्घाटन गरिने तय भए पनि कोभिड महामारीको कारणले उद्घाटन स्थगित गरिएको छ।

हिटीको गत चैत्र ११ गते काठमाडौँका वरिष्ठ साहित्यकार तथा कलाकार नरेन्द्र श्रेष्ठ शिलान्यास गरेका थिए । हिटी करिब ८ लाख लागतमा निर्माण भएको हो ।

dhunge-dharan-2