धरान : धरानका प्रा.डा. भीम प्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा नियुक्त भएका छन्।

नेपाल संस्कृत विश्वविद्यालयको ऐन २०४३ नियम १७ अनुसार उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछानेको सिफारिसमा कुलपतिबाट नियुक्त भएका हुन् ।

उनलाई प्रधानमन्त्रीको कार्यालयले वैशाख २६ गतेको निर्णयमा वैशाख ३० गते देखि लागु हुने गरी नियुक्त गरेको हो। उनले आजै नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा विश्वविद्यालयका  उपकुलपति, कुल सचिव तथा कर्मचारीहरूको उपस्थितिमा पदभार ग्रहण गरेका छन् ।

४ बर्षे कार्यकाल रहेको सो पदमा नियुक्त भएका प्रा.डा. खतिवडा धरान-७ हिमायती पथ निवासी हुन्।  पिण्डेश्वर क्याम्पसका पूर्व प्राचार्य समेत भइसकेका खतिवडा सोही क्याम्पसका प्राध्यापक पनि हुन् ।