विराटनगर : प्रदेश १ मा आज ७५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, तेह्रथुममा २५, उदयपुरमा १४, इलाममा ४, सङ्खुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुष सहित २४५, सुन्दरहरैचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रंगेलीमा ४–४, जहदा र रतुवामाईमा ३–३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २–२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८, सुनसरीको इटहरीमा १०८, धरानमा ४६, इनरुवामा २०, दुहबीमा १२, भोक्राहानरसिंहमा ७, बराहक्षेत्र र रामधुनीमा ४–४, गढी, देवानगञ्ज, बर्जु र कोशी गाउँपालिकामा २–२, स्थानीय तह नखुलेका ३, झापाको दमकमा ३६, गौरादह, मेचीनगर र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको चौबिसेमा १६, धनकुटा नगरपालिकामा १५, छथर जोरपाटीमा ४, शहिदभूममिा ३, साँधुरीगढी, महालक्ष्मी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा १७, लालीगुराँसमा ७ र फेदापमा १, उदयपुरको त्रियुगामा ६, बेलकामा ५, उदयपुरगढी, चौदण्डीगढी र स्थानीय हत नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र इलाम नगरपालिकामा १, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, पाँचथरको मिक्लाजुङमा १, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ६०७ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ७११ सङ्क्रमणमुक्त भएका छन् । आज ८४ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २६९ पुगेको छ । प्रदेश १ मा आज १ हजार ६३० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३०० महिला र ४५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।