धरान : धरानमा शुक्रवार एकै दिन ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार शुक्रवार बिहान धरान ८ की ३४ वर्षीय महिलाको बीपीमा उपचारको क्रममा मृत्यु भएको थियो । यसै गरी धरान १८ का ७७ वर्षीय एक बृद्धा महिला र धरान १ का ३८ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै शुक्रवार साँझ धरान ९ का एक जना ८८ वर्षीय वृद्ध पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिएका छन् ।

धरानमा वैशाख १ गते यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।