धरान : कोरोना सङ्क्रमण अत्यन्तै समुदाय स्तरमा बढेकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको पुर्णनिषेधाज्ञा तथा लकडाउन धरानमा कडा पारिएको छ ।

आज बिहानै धरान १४ विजयपुर क्षेत्रमा अनवश्यकरुपमा हिँडडुल गर्ने र मर्निङवाक गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर विजयपुर चौकमा 'होल्ड' गराएको छ । अरू दिनको तुलनामा आज बिहानै धरान बजारको मुख्य सडक सुनसान छन् ।

Locdaun-4

धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले लकडाउन कडा पार्ने भन्दै माइकिङ गर्नुका साथै आज धरानमा साबिकको भन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

Locdaun-3

अरू दिनको तुलनामा आज धरानमा प्रहरी जनशक्ति बढी परिचालन गरिएसङै बिहान धरान बजार सुनसान बनेको छ। अव १५ दिन धरानमा लकडाउनलाई कडाइका साथ लागु गरेर कोरोना संक्रमणदरलाई कम गराउने स्थानीय सरकारको रणनीति रहेको छ ।

Locdaun-2

हिजो धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले पनि लकडाउनलाई आज देखि कडाइ गर्ने निर्णय गरेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लकडाउन उल्लङ्घन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्ने बताएका छन् ।

Locdaun-5 Locdaun-7