पाँचथर : पाँचथरको फिदिममा आफ्नै घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनकारी दिएको छ।

मृत्यु हुनेमा फिदिम नगरपालिका-५ चोकमाबु सरसेउलाका ३५ वर्षीय राजु राई रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार राती १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रवार दिउसो साढे १२ बजे मृत्यु भएको थियो ।