धरान : धरानमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान-११ का ४० वर्षीय एक पुरुषको विजयपुर हस्पिटलमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

मृतकमा हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।