विराटनगर : प्रदेश १ मा आज ५९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनपालथान र रंगेलीमा ३–३, जहदा, बुढीगंगा र उर्लाबारीमा २–२, सुन्दरहरैचा, सुनबर्षी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३०, बिर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हाल्दिबारी र शिवसताक्षीमा ४–४ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १७, इटहरीमा ६, देवानगञ्जका ५, इनरुवामा ४, बर्जूमा ३, दुहबी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैसरि ताप्लेजुङको श्रीजंगामा ११, भोजपुरको आमचोकमा ९ र भोजपुर नगरपालिकामा १, इलामको चुलाचुलीमा २, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ हजार १९८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ८५६ सङ्क्रमणमुक्त भएका छन् ।

आज १४५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ७०८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।