झापा : कोभिडका बिरामीलाई उपचार गराइरहेका झापाका अस्पतालहरूमा कोभिड फोकल पर्सन तोकिएका छन्।

झापाका आठ वटा अस्पतालहरूमा कोभिडका बिरामीहरूको उपचार भइरहेको छ। कोभिडका बिरामीको उपचार समन्वय र अस्पतालमा आवश्यक सहजीकरणका लागि फोकल पर्सन तोकिएका हुन्।

मेची अस्पतालले दुई जनालाई फोकल पर्सनको जिम्मेवारी दिएको छ। डा.मनिष सुवेदी, मनोज पोखरेल मेची अस्पतालका कोभिड फोकल पर्सन हुन्।

दमक कोभिड अस्पतालले देवी दंगाल, विएण्डसी अस्पतालमा प्रमिश गिरी, विर्तासिटी बिर्तामोडमा राधा सेठी, आम्दा दमकमा डा. प्रकाश शर्मा, सुमन कुमार नेपाल, एडभान्स हस्पिटल दमकमा अनिता उप्रेती, लाइफलाइन अस्पताल दमकमा डम्बर मोते र निम्स अस्पताल दमकले डा.सुरेश यादवलाई कोभिड फोकल पर्सन तोकेको स्वास्थ्य कार्यालय झापाका कोभिड  फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।