धरान : धरान-६ का एक जना वृद्ध पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार ७५ वर्षीय वृद्धको उपचारको क्रममा विराटनगरको कोशी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

करिब १० दिन अघि बीपीमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । बीपीमा बेड नपाए पछि विराटनगर लगिएको ६ नम्बर वडाध्यक्ष भुवनसिंह बस्नेतले जानकारी दिए । उनको विराटनगरमै दाहसंस्कार गरिएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।