धरान : युवा सङ्घ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरूलाई मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ ।

सङ्घले स्थापना दिवसको अवसर पारेर सुरक्षार्मीहरुलाई उक्त सामग्री प्रदान गरेको हो । सुरक्षाकर्मीहरूलाई १२ सय ५० थान मास्क, १ सय २३ थान फेससिल्ड र २० लिटर स्यानिटाइजर वितरण गरिएको सङ्घका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान मास्क, ५० थान फेससिल्ड र ५ लिटर स्यानिटाइजर प्रदान गरेको छ ।

यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान मास्क, ३२ थान फेससिल्ड र ५ लिटर स्यानिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० मास्क, २३ थान फेससिल्ड र ५ लिटर स्यानिटाइजर वितरण गरेको छ ।

यस्तै, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी धरान १५ लाई समेत मास्क तथा स्यानिटाइजर वितरण गरिएको छ । वडा प्रहरी कार्यालय धरानलाई १ सय मास्क, १० थान फेससिल्ड र ५ लिटर स्यानिटाइजर वितरण गरिएको छ भने अस्थायी प्रहरी कार्यालय धरान १५ लाई ८ थान फेससिल्ड र ८ थान स्यानिटाइजर वितरण गरिएको सङ्घले जनाएको छ ।

uwa1