धरान : इटहरीका सम्पूर्ण बैक तथा वित्तीय संस्था आज देखि एक हप्ताका लागि पूर्ण रूपमा बन्द हुने भएका छन्।

इटहरी उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले बैक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको संयुक्त बैठकले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एक हप्ता बैक तथा वित्तीय संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

सो अवधिमा एटिएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुबेदीले जानकारी दिए । साथै बैठकले इटहरी रङ्गशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरू सँग सहयोगको आग्रह समेत गरेको छ ।

Itahari-Suchana