झापा : झापाको झापा गाउँपालिका-२ बाट लागुऔषध ब्राउनसुगर सहित तिन जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका २ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ वर्षीय प्रताप लिम्बु रहेका छन् ।

पैदल हिँडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरूको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत बरामद गरेको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।