धरान : कोरोना महामारी तीव्र रूपमा फैलिरहेको भन्दै धरानमा पनि बैक तथा वित्तीय संस्थाहरू जेठ ७ गते सम्म बन्द गर्ने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा आज बसेको बैठकले कोरोनाको सङ्क्रमण दर दिन प्रति दिन बढ्दै गएकाले सोको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निषेधाज्ञा जारी गरेको र सो निषेधाज्ञालाई प्रभावकारी रूपमा लागु गर्न बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालन गर्ने सम्बन्धमा छलफल हुँदा सो निर्णय भएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भई हुने सेवा प्रवाह नहुने धरान उपमहानगरपालिकाको सूचनामा उल्लेख गरिएको छ । तर एटिएम सेवा, मोबाइल बैङ्किङ जस्ता सेवाहरू भने सुचारु हुने बताइएको छ ।

Bank-Suchana