धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सुरुङ्गा १, सप्तरीकी ७० बर्षीया महिलाको बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । सह प्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेहको दीर्घ रोग रहेका थिए ।

मृतकलाई वैशाख ३१ गते सङ्क्रमण पुष्टि भएको थियो भने जेठ १ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । यसै गरी आजै बिहान साढे ६ बजे त्रियुगा ३ की ५० बर्षीया महिलाको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको छ ।

सह प्रवक्ता पोखरेलका अनुसार मृतकलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । मृतकलाई वैशाख २७ गते सङ्क्रमण पुष्टि भएको थियो भने २८ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।