विराटनगर : प्रदेश १ मा आज १ हजार १ सय ४० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, सङ्खुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७-७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३-३, कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २-२, लेटाङ, रतुवामाई र कानेपोखरीमा १-१, झापाको भद्रपुरमा ८४, बिर्तामोडमा ३९, अर्जुनधारामा २५, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४-४, कमल गाउँपालिकामा ३, हाल्दिबारी र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५, सुनसरीको इटहरीमा ८२, धरानमा ७२, बराहक्षेत्रमा ४३, इनरुवामा ९, देवानगञ्जमा ७, कोशी गाउँपालिकामा ४, गढी र बर्जूमा ३-३, भोक्राहानरसिंह, रामधुनी र दुहबीमा २-२, हरिनगरमा १, स्थानीय तह नखुलेका ६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २०, चौबिसेमा १४, साँघुरीगढीमा १३, महालक्ष्मीमा १०, पाख्रिवासमा ४, छथरमा १, सङ्खुवासभाको चैनपुरमा २६, मकालुमा १५ र खाँदबारीमा १, इलामको चुलाचुलीमा १४, इलाम नगरपालिकामा ९, सूर्योदयमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २०, ताप्लेजुङको फुङलिङमा १६, मैवाखोलामा २, श्रीजंगामा १, तेह्रथुमको मेन्छयायममा ९, म्याङ्लुङमा ३, फेदापमा १, उदयपुरको त्रियुगामा ५, स्थानीय तह नखुलेका १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ हजार ३६४ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३१ हजार ६० सङ्क्रमणमुक्त भएका छन् । आज १७६ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ६३८ पुगेको छ । प्रदेश १ मा आज २ हजार २७० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।