चतरा : कोरोनाको महामारीमा बराहक्षेत्र काँग्रेसले सहयोगकालागी सक्रियता बढाएको छ। वराहक्षेत्र नगरपालिकाको वडा नं ६,७ र ८ मा नेपाली काँग्रेसका नेताहरू वडामा रहेका कोरोना सक्रमितहरुलाई पौष्टिक आहार वितरण, संवेदनशील क्षेत्रमा सेनिटाइज कार्य गर्ने तथा वडामा रहेका विपन्न परिवारलाई लक्षित नि:शुल्क र मध्यम वर्गीय परिवारलाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने कार्यमा सक्रियता पूर्वक लागेका छन्।

वराहक्षेत्र नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र पछिल्लो समयमा बराहक्षेत्रकाको ७ नम्बर वडामा २ जना, ६ नम्बर १ जनाको मृत्यु भएको तथा ८ नम्बर वडामा सङ्क्रमणको दर तीव्र रूपमा फैलिएको भन्दै नेपाली काँग्रेसका नेताहरू सक्रमितहरुलाई पोषणयुक्त भोजन सँगै हौसला प्रदान गर्न, संवेदनशील क्षेत्रमा सेनिटाइज र विपन्न परिवारलाई एम्बुलेन्स सेवा प्रदान गर्न लागि परेका हुन।

सबै सङ्क्रमितको घर-घरमा पुगेर फलफूल र पोषण युक्त खाद्यान्न प्रदान गर्ने र सङ्क्रमितको घर समेत सेनिटाइज गर्न निस्किएको काँग्रेसले पहिलो दिन सोमवार इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टि बस पार्क, मुनाल चौक, आइसोलेसन, अस्थायी प्रहरी चौकी बाङ्गे र ७ नम्बर वडामा रहेका सङ्क्रमितको घरमा पुगेर पौष्टिक तत्त्व र फलफूल, स्वास्थ्य सामग्री र घर वरपर सेनिटाइज गरेको थियो ।

मंगलबार ६ नम्बर बडा र ८ नम्बर वडामा उक्त अभियान सञ्चालन गरिने बराहक्षेत्र काँग्रेसले जानकारी दिएको छ।

सोमबार बिहान तिनै वटा वडाका सभापति र वडाहरूमा रहेका क्षेत्र, जिल्ला र केन्द्रीय स्तरका नेताहरू बिच भएको छलफलले ३ कार्य गरेर कोरोना नियन्त्रण गर्न सहयोग गर्ने निर्णय गरेको थियो । छलफलले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति समेत गठन गरेको थियो ।

नेपाली काँग्रेसका क्षेत्र नं ४ सचिव रमेश कार्की संयोजन र नेपाली काँग्रेस किरात राई सङ्घ सुनसरी सभापति सन्तकुमार राई, नेपाली काँग्रेस वराहक्षेत्र नगर सह-संयोजक रत्न राउत लगायत वडामा रहेका महा( समिति, जिल्ला सदस्य, क्षेत्रीय सदस्य, भातृ सङ्घ सभापति, वडा कार्य समितिका सभापति, पदाधिकारी सदस्य रहेको १ सय १ समिति गठन गरेको थियो ।

नेपाली काँग्रेसका नेताहरूबाट सहयोग संक्रलनबाट सुरु गरिएको कार्यक्रमका लागि पहिलो दिन नेपाली काँग्रेस महासमिति सदस्य तथा महिला सङ्घ केन्द्रीय सदस्य अनु गुरुङ, जिल्ला आमन्त्रित सदस्य सुरेन्द्र गुप्ता र क्षेत्र नं ४ सचिव रमेश कार्कीले ५-५ हजार रकम कार्यक्रम व्यवस्थापन समितिका कोष व्यवस्थापक तुलसी श्रेष्ठलाई हस्तान्तरण समेत गरेका थिए ।

एम्बुलेन्सका लागि जनहित क्लब, उद्योग वाणिज्य सङ्घ र चक्रघट्टि जेसिजको एम्बुलेन्स सेवाग्राहीले प्रयोग काँग्रेसले जनकारी दिएको छ । सेवाग्राहीले एम्बुलेन्स सेवा लिन र थप जानकारीका लागि संयोजक रमेश कार्की : ९८०४३२०२९७ र सदस्य सन्तकुमार राईलाई सम्पर्क गर्न सकिने समितिले जानकारी दिएको छ।

baraksheta-1