धरान : धरानमा सोमबार साँझ १०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । धरानमा यो नै अहिले सम्मको उच्च सङ्क्रमण हो ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार पिसिआरबाट ९९ जना र एन्टिजेन परीक्षणबाट ५ जना गरी जम्मा १०४ जनामा सोमबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

केही दिन अघि धरानमा ९२ जनामा एकै दिन कोरोना सङ्क्रमण भएको थियो । त्यस पछि सोमबार साँझ १०४ जनामा कोरोना सङ्क्रमण भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको वैशाख यता मात्रै १ हजार ८९ जनामा कोरोना सङ्क्रमण भएको छ भने सोही अवधिमा १९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।