धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारको क्रममा बेलबारीकी कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार बेलबारी-९ मोरङकी २८ वर्षीय महिलाको उपचारको क्रममा इमरजेन्सीमा गए राति ८ बजे मृत्यु भएको हो ।

उनलाई लाई कोरोना सङ्क्रमण वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उनी पहिले देखिनै दीर्घ रोगी रहेको बताइएको छ ।